अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३९ | Colorodo: 02:54

इंग्ल्याण्डले जित्यो आईसीसी टी-२० विश्वकपकाे उपाधि

बिआरटीनेपाल २०७९ कार्तिक २७ गते ४:५२ मा प्रकाशित

इंग्ल्याण्डले आईसीसी टी-२० विश्वकपकाे उपाधि हात पारेकाे छ ।बेन स्टोक्सले अविजित अर्धशतकीय योगदान गरेपछि पाकिस्तानमाथि ५ विकेटको जित रच्दै इंग्ल्याण्डले आईसीसी टी–२० विश्वकपको उपाधि हात पारेकाे हाे ।

मेलवर्न क्रिकेट मैदानमा पाकिस्तानले दिएको १३८ रनको लक्ष्य इंग्ल्याण्डले एक ओभर बाँकी छँदै पूरा गरेको हो । इंग्ल्याण्डलाई जिताउन बेन स्टोक्सले नट आउट ५२ रन बनाए । इंग्ल्याण्डले टी-२० विश्वकप जितेको यो दोस्रोपल्ट हो । यसअघि सन् २०१० मा उपाधि जितेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू