अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०९ | Colorodo: 18:24

एमालेले जनता झुक्यायो : मन्त्री कार्की

बिआरटीनेपाल २०७९ कार्तिक १९ गते ६:०८ मा प्रकाशित

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेकपा एमाले पार्टीले झुटको खेती गरेर जनता झुक्याउने काम गरेको आरोप लगाउनुभएको छ । आज शनिबार सुनसरीको घुस्कीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । मन्त्री कार्कीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै यस्ताे आएको बताउनुभयो । गठबन्धनका तर्फबाट सुनसरी ४ को प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार रहनुभएका कांग्रेस नेता कार्कीले ओली उपर संविधान प्रदत्त अधिकार कुण्ठित गर्ने काम गरेको बताउनुभयो । मन्त्री कार्कीले केपी ओलीले प्रधानमन्त्री हुने बित्तिकै चुनावमा जनता सामू गरेका बाचा पूरा गर्न छाडेर संविधान प्रदत्त अधिकार कुण्ठित गर्ने कार्यमा जुटेकोे आरोपसमेत लगाउनुभयो ।

उहाँले भन्नुभयो,-‘नेपालमा एउटा पार्टी छ, नेकपा एमाले भन्ने जुन पार्टीले नेपाली जनतालाई सधैँ झुटो, पूरा नहुने सपना देखाएर नेपाली जनतामा नैराश्यता ल्याउने काम गर्दछ । हामी जे बोल्छौँ त्यो गर्छौं । नेकपा एमले भन्ने पार्टी जे बोल्छ, त्यो गर्दैन । जे भन्छ, त्यो बोल्दैन । केपी ओली प्रधानमन्त्री हुने बित्तिकै उहाँको ध्यान निर्वाचनको ताका जनताका अघि गरेका वाचाहरुलाई पूरा गर्न सक्दैन । संविधानले प्रदान गरेका हक र अधिकारलाई कुण्ठित गरेर सबै हक र अधिकार आफ्नो मुठीमा रख्ने प्रयत्नमा लाग्नुभयो । अहिले हामी गठबन्धनको संस्कृतिलाई अघि बढिरहेको छ ।’

मन्त्री कार्कीले नेपाली कांग्रेसले बोलेका कुरा गर्ने भन्दै आगामी निर्वाचनमा पहिलो पार्टी बनाउन आग्रह गर्नुभयो । उहाँले अहिले गठबन्धनको संस्कृतिलाई अघि बढाएको र यो गठबन्धनले नेपालको विकास गर्ने दावी गर्नुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू