अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५२ | Colorodo: 20:07

साफ यू–१५ : नेपालले भुटानलाई ७ गाेलले हरायो

बिआरटीनेपाल २०७९ कार्तिक १७ गते ६:५३ मा प्रकाशित

पन्ध्र वर्षमुनिकाे महिला साफ च्याम्पियनशिप फुटबलमा नेपालले भुटानलाई हराउँदै प्रतियोगितामा विजयी सुरुवात गरेको छ । बङ्गलादेशको ढाकामा आज बिहीवार भएको खेलमा भुटानलाई सात–शून्य गोलअन्तरले पराजित गर्दै नेपालले विजयी सुरुवात गरेको हो ।नेपालले खेलको पहिलो हाफमा चार गोल गर्‍याे भने खेलको दोस्रो हाफमा अरू तीन गोल थप्यो । नेपालको जितमा वर्षा ओलीले चार, सुक्रिया मियाँले दुई र सेनु परियारले एक गोल गरिन् ।

वर्षाले खेलकाे सुरुआती मिनेटमा पहिलो गोल गर्दै नेपाललाई अग्रता दिलाइन् । त्यस्तै उनले खेलको १७ औँ मिनेटमा दोस्रो गोल गरिन् भने खेलको ३४ औँ मिनेटमा ह्याट्रिक पूरा गरिन् । त्यसैगरी उनले खेलको ३५ औँ मिनेटमा थप एक गोल गरिन् । नेपालकी अर्की खेलाडी सुक्रियाले खेलको ६५ औँ मिनेटमा र ७२ औँ मिनेटमा गोल गरिन् । त्यसैगरी नेपालकी अर्की खेलाडी सेनु परियारले खेलको ८५ औँ मिनेटमा एक गोल गरिन् ।

यसअघि भएको उद्घाटन खेलमा बङ्गलादेशले भुटानलाई आठ–शून्य गोल अन्तरले हराएको थियो । प्रतियोगितामा बङ्गलादेशसँगै नेपाल र भुटानको सहभागिता रहेको छ । अब नेपालले आफ्नो दोस्रो खेल यही कात्तिक १८ गते बङ्गलादेशसँग खेल्नेछ । डबल राउन्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।

प्रतिक्रिया