अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५५ | Colorodo: 08:10

एएफसी यू-१७ महिला एशियन कप छनोटको खेल तालिका सार्वजनिक

बिआरटीनेपाल २०७९ कार्तिक १७ गते ६:३० मा प्रकाशित

एएफसी यू–१७ महिला एशियन कप छनोटको पहिलो चरणमा नेपाल समूह ‘एच’ मा परेको छ । एएफसीले आज बिहिबार सार्वजनिक गरेको तालिका अनुसार नेपाल समूह ‘एच’ मा परेको हो । नेपालको समूहमा जोर्डन र इरान रहेका छन् । यस समूहको छनोट खेल जोर्डनमा हुने भएकाे छ । छनोट सन् २०२३ को अप्रिल २२ देखि ३० सम्म हुने भएकाे छ।

छनोटमा सहभागी ८ टोलीका समूह विजेताले छनोटको दोस्रो चरणमा स्थान बनाउने छन् । दोस्रो चरण सेप्टेम्बर १६ देखि २४ सम्म हुने भएकाे छ । जसबाट उत्कृष्ट ४ टोलीले इन्डोनेसियामा हुने यू–१७ महिला एशियन कप खेल्ने भएकाे छ। इन्डोनेसियामा हुने यू–१७ महिला एशियन कप २०२४ को अप्रिल ७ देखि २० सम्म हुनेछ ।

प्रतिक्रिया