अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:११ | Colorodo: 07:26

टोटनह्याम र फ्रान्कफर्ट च्याम्पियन्स लिगको नक आउट चरणमा प्रवेश

बिआरटीनेपाल २०७९ कार्तिक १६ गते ५:५८ मा प्रकाशित

इंग्ल्याण्डको टोटनह्याम हट्सपर र जर्मनीको आइन्त्राच फ्रान्कफर्ट युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको नक आउट चरणमा प्रवेश गरेका छन् । मंगलबार राति फ्रेन्च क्लब मार्सेलाई २–१ ले हराउँदै टोटनह्याम नकआउट चरणमा पुगेको हो । यस्तै, यसै समूहको अर्को खेलमा फ्रान्कफर्टले स्पोर्टिङ सिपिलाई २–१ ले नै हराएर नकआउट चरणमा पुगेको हो ।

मार्सेको मैदानमा भएको खेलमा टोटनह्यामका लागि क्लेमेन्ट लेङ्लेट र पिएरे इमिल होज्वजर्गले एक एक गोल गरे भने मार्सेका चान्सेल म्हेम्वाले एक गोल गरे । यसैगरी, फ्रान्कफुर्टको जितमा दाइची कामदा र रान्डल कोलो मुएनीले गोल गरे भने स्पोर्टिङका आर्थरले एक गोल गरे ।समुह चरणका खेलहरु सकिँदा ११ अंक जोडेको टोटनह्याम समुह विजेता तथा १० अंक जोडेको फ्रान्कफर्ट उपविजेता बन्दै राउण्ड अफ सिक्सटिनमा प्रवेश गरेका छन् ।

यस्तै, च्याम्पियन्स लिगकै अन्य खेलहरुमा मंगलबार राति इंग्ल्याण्डको लिभरपुलले इटालीको नापोलीलाई २–० ले हराउँदा नेदरल्याण्ड्सको आयाक्सले स्कटल्याण्डको रेन्जर्समाथि ३–१ को जित निकाएको छ ।यसैगरि जर्मनीको बायर्न म्युनिखले इटालीको इन्टर मिलानलाई २–० ले पराजित गर्दा स्पेनको बार्सिलोनाले चेक गणतन्त्रको भिक्टोरिया प्लेजेनलाई ४–२ ले पाखा लगायो ।

मंगलबार रातिका खेलहरुपछि युएफा च्याम्पियन्स लिगको राउण्ड अफ सिक्सटिनमा पुग्ने १४ वटा टोलीहरुको टुंगो लागिसकेको छ । आज बुधबार राति हुने ८ वटा खेलहरुपछि बाँकी २ टोलीको पनि टुंगो लाग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू