अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२४ | Colorodo: 09:39

युक्रेनका झन्डै ४० लाख मानिस लाेडशेडिङकाे तालिका प्रयाेग गर्दै

बिआरटीनेपाल २०७९ कार्तिक १३ गते ६:२३ मा प्रकाशित

रुसले विद्युतीय पूर्वाधारमा गरेको हवाई आक्रमणका कारण युक्रेनभरका झन्डै ४० लाख मानिस प्रभावित भएका युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताउनुभएको छ । राष्ट्रपति जेलेन्स्कीले नियमित सम्बोधनका क्रममा झन्डै ४० लाख मानिसले लोडशेडिङको तालिका प्रयोग गरिरहेका बताउनुभएको हो । लोडशेडिङ कटौती गर्ने सम्भाव्य सबै उपाय अवलम्बन गरिएको उहाँको भनाइ छ ।

केही दिनअघि रुसी सेनाले युक्रेनका मुख्य ऊर्जा केन्द्रहरूमा आक्रमण गरेको थियो । रुसी सेनाले युक्रेनमा विद्युत केन्द्र र पूर्वाधारलाई निसाना बनाएका छन् । अर्कोतर्फ युक्रेनी सेनाले रुसले कब्जा गरेका क्षेत्रलाई फिर्ता गर्ने प्रयास गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू