अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०४ | Colorodo: 13:19

दक्षिण कोरियामा भागदौड हुँदा डेढसय बढीको मृत्यु

बिआरटीनेपाल २०७९ कार्तिक १३ गते ५:३९ मा प्रकाशित

दक्षिण कोरियाको राजधानी सउलमा ह्यालोविन कार्यक्रम मनाउने क्रममा भएको भागदौडमा कम्तिमा १ सय ५० जनाको मृत्यु भएको छ । मृतकहरुमा अधिकांश महिला र २० वर्ष आसपासका रहेका छन् । घटनामा सय जना जति घाइते भएको जनाइएको छ ।अहिलेसम्म ७६ घाइतेलाई अस्पताल भर्ना गरिएकोमा २० जनाको अवस्था चिन्ताजनक रहेको जनाइएको छ ।

मृतकहरुमा दुई जना विदेशी भएको पत्ता लागेको छ भने अस्पताल भर्ना गरिएकाहरुमा १५ जना विदेशी रहेका छन ।नाइटलाइफका लागि लोकप्रिय इतेवन क्षेत्रको साँघुरो गल्लीमा शनिबार राति साढे दश बजेतिर एकै पटक ठूलो संख्यामा मानिसहरु प्रवेश गर्दा ठेलमठेल हुँदा दूर्घटना भएको हो ।

साँघुरो गल्लीमा ठेलमठेल हुँदा ठूलो संख्यामा हताहत भएको सउल प्रहरीले जनाएको छ । घटनाप्रति दुःख ब्यक्त गर्दै दक्षिण कोरियाली राष्ट्रपति युन सुक योलले विस्तृत अनुसन्धानका लागि आदेश दिनुभएको छ । विश्वका विभिन्न देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरुले पनि घटनाप्रति दुःख ब्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू