अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१३ | Colorodo: 14:28

सोमालियामा श्रृंखलाबद्ध बम बिस्फोट हुँदा ३० को मृत्यु

बिआरटीनेपाल २०७९ कार्तिक १३ गते ५:३७ मा प्रकाशित

सोमालियामा श्रृंखलाबद्ध बम बिस्फोट हुँदा ३० जनाको मृत्यु भएको छ । सोमालियाको राजधानी मोगादिशुको सरकारी कार्यालय अगाडी र ब्यस्त बजारमा भएको बिस्फोटमा उनीहरुको मृत्यु भएको हो । घटनामा दर्जनौं घाइते भएका छन् । मृत्यु हुनेमा अधिकांश महिला र केटाकेटी रहेका छन् ।

राजधानी मोगादिशुमा पार्किङमा राखिएको कारमा पहिलो बिस्फोट हुँदा सार्वजनिक यातायातमा सवार सर्वसाधारण मारिएका हुन् । यसैगरी, दोश्रो बिस्फोट रेष्टुरेन्ट परिसरमा भएको बुझिएको छ । बिस्फोटका समय रेष्टुराँमा भागदौड मच्चिएको थियो ।

घाइतेहरुको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । घटनाको जिम्मेवारी कसैले नलिएता पनि सोमालियाको विद्रोही समुह अल शबाबको संलग्नता रहेको अनुमान गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू