अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३४ | Colorodo: 08:49

उत्तर कोरियाले पुनः आणविक परीक्षणको तयारी गरेको भन्दै संयुक्त राष्ट्रसंघलगायतका निकाय चिन्तित

बिआरटीनेपाल २०७९ कार्तिक १२ गते ६:४१ मा प्रकाशित

उत्तर कोरियाले आणविक बम परीक्षण गर्न सक्ने सम्भावनालाई लिएर विश्व समुदाय चिन्तित बनेको छ । संयुक्त राष्ट्रसंघको आणविक निगरानी संस्था इन्टरनेशनल इटोमिक एनर्जी एजेन्सी (आईएईए) ले विश्व समुदायको चाहना विपरीत उत्तर कोरियाले फेरि पनि आणविक बम परीक्षणको तयारी गरेको भन्दै चिन्ता व्यक्त गरेको हो । अमेरिका र दक्षिण कोरियाका अधिकारीहरुले राष्ट्रसंघको प्रतिवन्धका वावजुद उत्तरले परमाणु बम परीक्षणको तयारी गरिरहेको जनाएको छ ।

उत्तर कोरियाले उन्नत हतियार क्षमताको विकास गरिरहेको भन्दै अमेरिकालगायतक मुलुकले चिन्ता व्यक्त गर्दै आएका छन् । अन्तर्राष्ट्रिय उर्जा एजेन्सी आइएइएका महानिर्देशक राफेल मारियानो ग्रोसीले उत्तर कोरियाले हालै प्रदर्शन गरेका छोटो र लामो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्रका कारण दक्षिण कोरिया र जापानमा प्रभाव परेको बताउनुभयो ।

यता, अमेरिकाले भने उत्तर प्रतिबन्धका बाबजुद उत्तर कोरियाले आणविक परीक्षणलाई निरन्तरता दिइरहे किम जोङ उनको शासन चाँडै अन्त्य हुने जनाएको छ । पछिल्ला केही महिनायता दक्षिण कोरियाले अमेरिकी सेनासँग संयुक्त रुपमा सैन्य अभ्यास थालेसँगै उत्तरले पनि आणविक गतिविधिलाई थप सक्रिय बनाएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू