अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१५ | Colorodo: 12:30

फिलिपिन्समा पहिरो जाँदा ४५ जनाको मृत्यु

बिआरटीनेपाल २०७९ कार्तिक १२ गते ६:३९ मा प्रकाशित

 फिलिपिन्सको दक्षिणी प्रान्तमा आँधीसँगै आएको बाढीपहिरोमा परी कम्तीमा ४५ जनाको मृत्यु भएको छ । नाल्गा नामक आँधीले मिन्डानाओ टापुको मागुइन्डानाओ प्रान्तमा सबैभन्दा ठूलो विनाश निम्त्याएको छ । राजधानी मनिला लगायत अन्य शहरहरूमा मुसलधारे वर्षा भईरहेको जनाईएको छ । वर्षाका कारण आएको पहिरोमा थुप्रै मानिस पुरिएको र केहि व्यक्तिहरूको शव निकालिएको छ । पहिरोमा हराएकाहरूको सुरक्षाकर्मीले खोजि जारी राखेका छन् भने उद्धारकार्यलाई तिब्र बनाईएको छ ।

प्रतिघण्टा ९५ किलोमिटरको गतिमा आँधी आएको जनाईएको छ । बिहीबारदेखि भारी वर्षा सुरू भएको थियो । यो साताको अन्त्यमा आँधीको गति उच्च गतिमा बढ्ने अनुमान गरिएको छ । हावाहुरीका कारण केही विद्यालयहरू बन्द गर्नुका साथै यातायात बन्द गरिएको छ । यसअघि शनिबार अधिकारीहरूले मृत्यु हुनेको संख्या ७२ जना बताएका थिए । तर, त्यसलाई परिमार्जन गरिएको छ । पहाडी भेगहरूमा पहिरोको चेतावनी दिईएको छ भने नागरिकलाई सचेत रहन आग्रह गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू