अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५६ | Colorodo: 07:11

टि–२० विश्वकप क्रिकेटमा बंगलादेशले नेदरल्यान्ड्सलाई ९ रनले हरायो

बिआरटीनेपाल २०७९ कार्तिक ७ गते ३:४६ मा प्रकाशित

आईसीसी टि–२० विश्वकप क्रिकेटमा बंगलादेशले नेदरल्यान्ड्सलाई ९ रनले हराउँदै विजयी सुरुवात गरेको छ ।आज भएको सुपर १२ समूह ‘बी’ को खेलमा बंगलादेशले नेदरल्यान्ड्सलाई ९ रनले हरायो ।जितका लागि १ सय ४५ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले २० ओभरमा सबै विकेट गुमाएर १ सय ३५ रन मात्रै बनाउन सक्यो ।

नेदरल्यान्ड्सका कोलिन एकरमनले ६२ रनको अर्धशतक बनाए पनि टोलीलाई जिताउन सकेनन् । बंगलादेशका तास्किन अहमदले चार तथा हसन मसुदले दुई विकेट लिए ।  होर्बाटमा टस हारेर पहिला ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४४ रन बनायो । उसका आफिफ हुसेनले सर्वाधिक ३८ रन बनाए ।

नेदरल्यान्ड्सका पाउल भान मेकरेन र बास डि लिडेले दुई/दुई विकेट लिए । आजको दोस्रो खेलमा दक्षिण अफ्रिका र जिम्बावे खेल्दै छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू