अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४९ | Colorodo: 22:04

इंग्लिस प्रिमियर लिगमा न्युक्यासलले टोटेनहमलाई हरायो

बिआरटीनेपाल २०७९ कार्तिक ६ गते २३:३३ मा प्रकाशित

इंग्लिस प्रिमियर लिग फुटबलमा न्युक्यासल युनाईटेडले टोटेनहम हट्सपरलाई २–१ गोल अन्तरले हराएको छ ।न्युक्यासलका लागि पहिलो हाफमा क्यालम विल्सन र मिगुएल अल्मिरोनले एक–एक गोल गरे । टोटनहमका लागि दोस्रो हाफमा ह्यारी केनले गोल गरे ।गएराति घरेलु टोली टोटेनहमलाई हराएसँगै न्युक्यासल तालिकाको चाैँथो स्थानमा उक्लिएको छ । उसले १२ खेलबाट २१ अंक जोडेको छ । टोटेनहम २३ अंक सहित तालिकाको तेस्रो स्थानमा यथावत छ ।

यस्तै गएराति नै भएको अर्को खेलमा लिग लिडर आर्सनल बराबरीमा रोकिएको छ । आर्सनलले साउथह्याम्टनसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । आर्सनलका लागि ग्रेनाइट जाका र साउथह्याम्टनका लागि स्टुअर्ट आर्मस्ट्रागले गोल गरे । तालिकाको पुछारमा रहेको टोलीसँग बराबरी खेल्दै लिग लिडर आर्सनलले अंक गुमाएको छ ।

यस्तै गएराति नै भएको अर्को खेलमा एस्टन भिल्लाले ब्रेन्टफोर्डलाई ४–० गोल अन्तरले हरायो भने लेस्टर सिटीले उल्भ्सलाई उसैको मैदानमा ४–० ले पराजित गर्यो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू