अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२१ | Colorodo: 23:36

एमालेबाट टिकट नपाएपछि करिश्माको स्पष्टिकरण : बन्द कोठामा बस्नु भन्दा बाहिर निस्केर श्वास फेर्नु राम्रो

बिआरटीनेपाल २०७९ असोज २४ गते ३:४९ मा प्रकाशित

अभिनेत्री करिश्मा मानन्धरले पार्टीबाट टिकट नपाएपछि बन्द कोठामा बस्नु भन्दा बाहिर निस्केर श्वास फेर्नु राम्रो भन्दै स्पष्टिकरण दिएकी छन् । पार्टीबाट टिकटको अपेक्षा गरेकी मानन्धरले टिकट नपाएपछि सामाजिक सञ्जालमा एक पूरानो तस्वीर सहित एक स्टाटस पनि राखेकी छन् । उनको उक्त स्टाटस सोहि कुरा प्रति लक्षित देखिन्छ ।

मानन्धरले फेसबुकमा लेखेकी छन् , ‘विद्रोह नगर्ने स्वभाव रह्यो। नगर्दा पनि भगवानले सबै दिए। तर, आज महसुस हुँदै छ। बन्द कोठामा बस्नु भन्दा बाहिर निस्केर श्वास फेर्नु राम्रो।’करिश्मा गत चैतमा एमाले प्रवेश गरेकी थिईन । उनी बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीबाट राजनीतिमा लागेकी थिईन । एमालेको टिकट वितरण प्रति मानन्धरको असन्तुष्टि स्पष्ट देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू