अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५७ | Colorodo: 14:12

वाणिज्य बैंकहरूमा एक सातामै थपियो ४० अर्ब ५४ करोड रुपैयाँ निक्षेप

बिआरटीनेपाल २०७९ असोज ४ गते ७:३६ मा प्रकाशित

पछिल्लो समय वाणिज्य बैंकहरूमा निक्षेप बढ्न थालेको छ । भदौ महिनाको अन्तिम सातामा वाणिज्य बैंकहरुमा ४० अर्ब ५४ करोड रुपैयाँ निक्षेप थपिएको हो । बैंकहरुमा भदौ २४ गतेसम्म ४४ खर्ब ४५ अर्ब रुपैयाँ निक्षेप रहेकोमा भदौ ३१ गतेसम्म ४४ खर्ब ८६ अर्ब रुपैयाँ निक्षेप कायम भएको हो ।

भदौ महिनामा मात्र ५२ अर्ब १५ करोड रुपैयाँ निक्षेप थपिएको छ । गत साउन ३१ गतेसम्म ४४ खर्ब ३३ अर्ब रुपैयाँ कायम रहेको निक्षेप भदौ ३१ गतेसम्म बढेर ४४ खर्ब ८६ अर्ब रुपैयाँ कायम भएको छ । त्यस्तै, एक महिनामा कर्जा प्रवाह १३ अर्ब ७५ करोड रुपैयाँ बढेको छ । साउन ३१ गतेसम्म ४१ खर्ब ७७ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा भदौ ३१ गतेसम्म बढेर ४१ खर्ब ९० अर्ब रुपैयाँ पुगेको छ ।

पछिल्लो समय वाणिज्य बैंकले निक्षेपको ब्याज बढाएका कारण पनि निक्षेप थपिन थालेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू