अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०३ | Colorodo: 12:18

‘एमालेको शक्ति केन्द्रित भएमा देश ठूलो दुर्घटनामा पर्छ’-मसाल महामन्त्री मोहनबिक्रम सिंह

बिआरटीनेपाल २०७९ असोज ४ गते ६:५३ मा प्रकाशित

नेकपा मसालका महामन्त्री मोहनबिक्रम सिंहले एमालेको शक्ति केन्द्रित भएमा देश ठूलो दुर्घटनामा पर्ने बताउनुभयो ।प्रगतिशील पत्रकार महासंघ अर्घाखाँची शाखाले सन्धिखर्कमा आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री सिंहले भारतीय हिन्दू शासन ल्याउनका लागि एमालेलगायतका दलहरु मिलेर हिन्दूराज्य बनाउन विभिन्न सम्झौतासमेत गरेको आरोप लगाउनुभयो ।

एमाले अध्यक्ष केपी ओलीले दुई पटकसम्म संसद् विघटन गरेर प्रतिगमन गरेको उल्लेख गर्दै उहाँले ०१७ र ०५९ सालको राजाको कुभन्दा त्यसको असर बढी हुने बताउनुभयो । साथै आफूहरु प्रतिगमनविरुद्वको लडाइमा एकजुट हुन निरन्तर लागि रहनेसमेत बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू