अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२१ | Colorodo: 13:36

माओवादीले बुझायाे समानुपातिक सूची, बाबुरामकाे पार्टीबाट ५ जनाकाे नाम

बिआरटीनेपाल २०७९ असोज ३ गते ६:४३ मा प्रकाशित

आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि बन्दसूची बुझाउनका लागि ठूला दलहरू निर्वाचन आयोगको कार्यालय पुगेका छन् । नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि समानुपातिकतर्फको बन्दसूची पेस गरेको छ ।

आज महासचिव देव गुरुङ, उपमहासचिव वर्षमान पुनसहितका नेताहरू निर्वाचन आयोग पुगेर सूची बुझाउनुभएको हो । पुनका अनुसार माओवादीको चुनाव चिह्नबाट लड्न तयार भएका डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका पाँच जनाको नाम प्रतिनिधि सभाको बन्दसूचीमा राखिएको छ ।

प्रतिनिधि सभामा भट्टराईको पार्टीका पाँच जनासहित एक सय १० र प्रदेश सभामा दुई सय २० गरी तीन सय ३० जनाको नाम पेस गरिएको महासचिव गुरुङले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू