अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०२ | Colorodo: 22:17

बिजुली बेच्ने जमाना गयाे, अब प्रयाेग गर्ने हाे : अर्थमन्त्री शर्मा

बिआरटीनेपाल २०७९ भदौ २४ गते ८:२२ मा प्रकाशित

अर्थमन्त्री जनार्दन शर्माले बिजुली धेरै बेचेर जलविद्युतकाे विकास गर्ने अभियानलाई सङ्केत गर्दै प्रश्न उठाउनुभएकाे छ । शुक्रवार नेपाल उद्योग परिसङ्घले आयोजना गरेको पूर्वाधार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री शर्माले ऊर्जामन्त्री पम्फा भुसाल र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बिजुली धेरै बेचेर जलविद्युतको विकास गर्ने अभियानप्रति प्रश्न उठाउनुभएकाे हाे ।

मन्त्री शर्माले बिजुली बेच्ने भन्दा पनि प्रयोग गर्न सक्नुपर्ने भन्दै बिजुली बेच्ने कुरामा गर्व गर्नु नपर्ने बताउनुभयो । उहाँले बिजुलीबाट हाइट्रोजन, एमोनिया बनाउने प्रविधि आएको भन्दै विश्वमा ‘सिक्स जी’ मा विकास भएको भए पनि नेपालले दुई ‘जी’ का कुरा गरिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले बिजुली बेच्नुपर्छ भन्ने छलफल भएको छ । बिजुली बेच्ने हो कि प्रयोग गर्ने हो ? हामीले बिजुली बेच्न पाए गर्व गर्छाैँ । अब बिजुली बेच्ने जमाना गयो । बिजुलीबाट हाइट्रोजन, एमोनिया बनाउने प्रविधि आइसक्यो । विश्वमा ६ जीको कुरा आइसक्यो, हामी दुई जीका कुरा गरिरहेका छौँ । हाम्रो सोचाइ साँघुरो छ ।’

कार्यक्रममा बाेल्दै मन्त्री शर्माले राज्यको पूर्वाधार विकास गर्ने व्यवस्थापन राम्रो नहुँदा पूर्वाधार निर्माणको काम समय सम्पन्न नहुने समस्या रहेको बताउनुभयो । पूर्वाधार विकासको आवश्यकतालाई भन्दा पनि परम्परागत सोचले पूर्वाधार विकास गर्न खोज्दा समस्या रहेको उहाँकाे भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू