अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०३ | Colorodo: 20:18

शेयर बजार सामान्य बढ्याे, १ अर्ब २६ कराेड रुपैयाँकाे काराेबार

बिआरटीनेपाल २०७९ भदौ १३ गते ५:४४ मा प्रकाशित

शेयर बजार परिसूचक नेप्से आज साेमवार सामान्य बढेको छ । लगातार घटिरहेको शेयर बजार आज भने सामान्य सुधार भएको हो ।आज नेप्से तीन दशमलव ७६ अङ्कले बढेर एक हजार नौ सय ९३ दशमलव ०२ विन्दुमा पुगेको छ । आज जीवन बीमा र उत्पादन समूहको शेयर ४० अङ्कभन्दा धेरै बढेको छ । बैंक, माइक्रोफाइनान्स, लगानी र म्यचल फन्ड समूहको शेयर भने घटेको छ ।

आज दुई सय २२ वटा कम्पनीको ३४ लाख ४० हजार कित्ता शेयर एक अर्ब २६ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल टेलिकमको ११ करोड २५ लाख रुपैयाँको शेयर किनबेच भयो । नेप्से सामान्य बढेकाे दिन विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर सात प्रतिशतभन्दा धेरैले बढेको छ । समग्र बजार बढे पनि  रुरु जलविद्युत् कम्पनीको शेयर झन्डै ६ प्रतिशतले घट्यो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू