अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१४ | Colorodo: 22:29

देशभर थप ६५८ जनामा कोरोना सक्रमण, १ जनाको मृत्यु

बिआरटीनेपाल २०७९ भदौ ६ गते ७:२६ मा प्रकाशित

देशभर पछिल्लो २४ घण्टामा थप ६ सय ५८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ ।पछिल्लो २४ घण्टामा ६ हजार ६ सय ४३ जनाको नमूना परीक्षण गरिएको थियो ।३ हजार ३ सय ८१ जनाको पीसीआर र ३ हजार २ सय ६२ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ६ सय ५८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सोमबार ४ सय ५६ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ४ हजार २ सय ९६ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, २४ घण्टामा कोरोनाका कारण १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू