अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२७ | Colorodo: 20:42

ब्राजिल र कोरियाका लागि नेपाली राजदूतद्वारा राष्ट्रपति भण्डारीसमक्ष शपथ ग्रहण

बिआरटीनेपाल २०७९ भदौ ५ गते ७:३४ मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष गणतन्त्र ब्राजिल र गणतन्त्र कोरियाका लागि नवनियुक्त राजदूतहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।राष्ट्रपतिको कार्यालयमा आइतबार एक समारोहका बीच उहाँहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार गणतन्त्र ब्राजिलका लागि निर्मलराज काफ्ले र गणतन्त्र कोरियाका लागि प्राडा ज्योति प्याकुरेल (भण्डारी) ले राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो । सो अवसरमा नेपाल सरकारका उच्चपदस्थ कर्मचारीको समेत सहभागिता रहेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू