अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५० | Colorodo: 06:05

प्रतिनिधिसभामा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रस्तुत हुने

बिआरटीनेपाल २०७९ भदौ ४ गते ७:४७ मा प्रकाशित

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट अगाडि बढ्ने भएको छ । प्रतिनिधिसभाको भोली बस्ने बैठकमा सरकारले संक्रमणकालीन न्यायसँग सम्बन्धी कानुनलाई प्रस्तुत गर्ने भएको छ ।प्रतिनिधिसभाको भोली ११ बजे बस्ने बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ संसदीय प्रक्रियामा अघि बढ्ने भएको हो । प्रतिनिधिसभाको भोलीको सम्भावित कार्यसूचीमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ लाई प्रस्तुत गर्ने उल्लेख छ ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभमा असार ३१ गते दर्ता भएको थियो । सो विधेयकका कतिपय प्रावधानमा द्वन्द्वपीडितले असन्तुष्टि व्यक्त गरेका छन्। त्यसमा राखिएका व्यवस्थालाई संशोधन गर्नुपर्ने भन्दै उनीहरूले सरकारलाई मागपत्र बुझाएका छन् भने सडकमा प्रदर्शन पनि गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू