अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३३ | Colorodo: 06:48

सन्दीप लामिछानेले युएईको इन्टरनेसनल टी–ट्वान्टी खेल्ने

बिआरटीनेपाल २०७९ भदौ ४ गते ७:२७ मा प्रकाशित

 नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने यूएई इन्टरनेसनल टी–ट्वान्टी लिग खेल्ने भएका छन् ।युवा लेग स्पिनर लामिछानेले डेजर्ट भाइपर्सबाट युएईको टी–ट्वान्टी लिग खेल्ने भएका हुन् ।भाइपर्सले शुक्रबार लामिछानेलाई प्रतियोगिताका लागि अनुबन्ध गरिएको जनाएको छ । उनी लिगको मार्की खेलाडीको रुपमा रहेका थिए ।

भाइपर्सले लामिछानेसँगै शेल्डन कोट्रेल, वानिन्दु हसरंगा, एलेक्स हेल्स, कोलिन मुन्रो, साम विलिङ्स जस्ता खेलाडी अनुबन्ध गरेको छ । ईमिरेट्स क्रिकेट बोर्डले आयोजना गर्ने प्रतियोगिता आगामी जनवरी ६ देखि  फेब्रुअरी १२ सम्म आयोजना हुनेछ । प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा कुल ३४ खेल हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू