अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३० | Colorodo: 15:45

क्यान र क्रिकएचक्युबीच सम्झौत, डाटाबेस विकास गर्न सहयोग पुग्ने अपेक्षा

बिआरटीनेपाल २०७९ भदौ ४ गते ७:०८ मा प्रकाशित

नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटको डिजिटल प्लेटफर्म कम्पनी क्रिकएचक्युसँग सम्झौता गरेको छ । क्यानले शनिबार एक विज्ञप्ति निकाल्दै न्युजिल्याण्डको कम्पनी क्रिकएचक्युसँग सम्झौता गरिएको जनाएको छ ।

क्यानले क्रिकएचक्युसँग तीन वर्षको सम्झौता गरिएको जनाएको छ । क्रिकएचक्यु क्रिकेटको लागि विश्वको सबैभन्दा ठूलो डिजिटल प्लेटफर्म मानिन्छ । क्यानले क्रिकएचक्युसँगको साझेदारीले सबै तहका क्रिकेटका डिजिटलाइजेसन र लाइभ स्कोरिङ र स्ट्रिमिङलगायत प्राविधिक विकास ल्याउन मद्दत पुग्ने विश्वास लिएको छ ।

क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले क्रिकएचक्युसँगको साझेदारीले क्यान हर्षित रहेको र क्यानका लागि एक पूर्ण डाटाबेस विकास गर्नमा धेरै मद्दत पुग्ने बताए । क्रिकएचक्युका सीईओ इरिन वाल्सेले क्यानसँगको साझेदारीबाट धेरै हर्षित र उत्साहित भएको बताउदै नेपाली क्रिकेटको डिजिटलाइज गर्न मद्दत गर्न तत्पर रहेको बताए ।

प्रतिक्रिया