अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०० | Colorodo: 07:15

रुसी लडाकु विमान आफ्नो आकाशमा छिरेको फिनल्याण्डको आरोप

बिआरटीनेपाल २०७९ भदौ ३ गते ५:०८ मा प्रकाशित

फिनल्याण्डले रुसी लडाकु विमान आफ्नो उडान क्षेत्रमा प्रवेश गरेको आरोप लगाएको छ । दुई वटा मिग थर्टी वान रुसी लडाकु विमान फिनल्याण्डको तटीय शहर पोर्भुको आकाशमा प्रवेश गरेको आरोप फिनल्याण्डले लगाएको हो ।ती दुई लडाकु विमानले दुई मिनेटसम्म फन्का लगाएर फर्केको बताइएको छ । रुसी लडाकु विमानहरू आफ्नो आकाशमा प्रवेश गरेलगत्तै फिनल्याण्डको वायु सेनाले पनि अपरेशनल उडानलाई तम्तयार बनाएको थियो ।

रुससँग १३ सय किलोमिटर सीमा जोडिएको फिनल्याण्डले गत महिना मात्रै नाटो सदस्यता लिएपछि रुस फिनल्याण्डसँग पनि क्रुद्ध रहँदै आएको छ । फिनल्याण्ड र स्वीडेनले नाटो सदस्य लिएपछि रुसले बाल्टिक क्षेत्रमा आफ्नो शक्ति तैनाथ गर्ने चेतावनी दिंदै आएको छ । रुसी लडाकु विमानहरूले नाटोको प्रतिक्रिया बुझ्नका लागि फिनल्याण्डको आकाशमा प्रवेश गरेको विश्लेषण गरिएको छ । फिनल्याण्डले भने विस्तृत छानबिनको माग गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू