अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०३ | Colorodo: 20:18

रोमानियामा छायांकन भएको फिल्म ‘वर एण्ड वधु’को प्रदर्शन मिति घोषणा

बिआरटीनेपाल २०७९ भदौ १ गते ६:३३ मा प्रकाशित

निर्देशक मिलन चाम्सद्वारा निर्देशित फिल्म ‘वर एन्ड वधु’को प्रदर्शन मिति घोषणा गरिएको छ । रोमानियामा दुई साता लामो छायांकन गरेर नेपाल फर्किएपछि निर्माण टिमले प्रदर्शन मिति घोषणा गरेको हो ।लभस्टोरी र कमेडी जनरामा निर्माण भएको फिल्म आगामी फागुन १९ गतेबाट प्रदर्शनमा आउने निश्चित भएको छ । यो फिल्मको नेपालमा केही प्रतिशत छायांकन गर्न बाँकी रहेको निर्माण टिमले जानकारी दिएको छ । यो मितिमा यसअघि फिल्म ‘परस्त्री’ले प्रदर्शन मिति तोकिसकेको छ ।

फिल्ममा नायिका आँचल शर्मा र नव-नायक विवेक कर्माचार्यको मुख्य भूमिका छ । फिल्ममा विजय लामा, रमेश बुढाथोकी, रविन्द्र खड्का, हिमेश पन्त, किरण केसी, बुद्धि तामाङ, मनोज केसी, रविना केसी, सृष्टि खड्काको पनि अभिनय रहेको छ । यस्तै, फिल्ममा अभिनेत्री साम्राज्ञी आरएल शाह अतिथी भूमिकामा देखिने छिन् ।

एलआरके इन्टरटेनमेन्टको ब्यानरमा तयार पारिएको फिल्ममा सुदीप बरालको छायांकन रहेको छ भने कार्यकारी निर्माता डा.अमित रिजाल हुन् । फिल्मको कथा, पटकथा तथा संवाद प्रदीप भारद्वाजले लेखेका हुन् भने अर्जुन जिसीले सम्पादन गरेका छन् ।

प्रतिक्रिया