अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४१ | Colorodo: 06:56

उत्तर कोरियाले कोरोनामाथि जित घोषणा गर्यो

बिआरटीनेपाल २०७९ साउन २६ गते ७:४८ मा प्रकाशित

उत्तर कोरियाले कोरोना भाइरस विरुद्धको लडाइमा चम्किलो जित हासिल गरेको घोषणा गरेको छ ।गत अप्रिल र मे महिनामा करिब ४८ लाख उत्तर कोरियालीमा संक्रमण भएकोमा ७४ जनाको मात्रै ज्यान गएको भन्दै उत्तर कोरियाले भाइरसमाथि जित हासिल गरेको बताएको हो ।उत्तर कोरियाली नेता किम जोङले स्वास्थ्यकर्मीहरुसँग कुरा गर्दै कोरोनामाथि चम्किलो विजय हासिल गरेको घोषणा गर्नुभएको त्यहाँको सरकारी मिडिया केसीएनएले किमकी बैनी किम यो जोङलाई उद्धृत गर्दै जनाएको छ ।

नेता किमले उत्तर कोरियाली जनताको अदम्य दृढताले भाइरसलाई पराजित गर्न सम्भव भएको भन्दै स्वास्थ्यकर्मी र वैज्ञानिकहरुको प्रशंसा गर्नुभएको जनाइएको छ ।

संक्रमणका क्रममा नेता किमलाई पनि उच्च ज्वरो आए पनि उनी कुनै पनि बेला ओछ्यान नपरेको दाबी पनि बैनी किमले गरेकी छन् । बैनी किमले दक्षिण कोरियाको एउटा पर्चाका आफ्नो देश पनि संक्रमणबाट गुज्रिनु परेको आरोप पनि लगाएकी छन् । उत्तर कोरियामा कोरोना संक्रमणको तुलनामा शून्य दशमलव शून्य शून्य दुई प्रतिशत मात्रै मृत्यु भएको देखिएको छ, जुन विश्वकै सवैभन्दा कम मृत्युदर हो । संक्रमणको समयमा पनि त्यहाँ घरेलु उपचार पद्धति अपनाइएको र कुनै खोप कार्यक्रम नचलाइएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू