अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२९ | Colorodo: 01:44

ताइवान आसपासको सैन्य अभ्यास सफलतापूर्वक सम्पन्न भएको चीनको घोषणा

बिआरटीनेपाल २०७९ साउन २६ गते ७:३९ मा प्रकाशित

चीनले ताइवान आसपाको क्षेत्रमा झण्डै एक सातादेखिको सैन्य अभ्यास सफलतापूर्वक सम्पन्न भएको जनाएको छ ।गत साता अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि भड्किएको चीनले ताइवानी समुद्री सीमा र उडान क्षेत्रमा सैन्य अभ्यास गरेको थियो । गत आइतबार नै सकिने पर्ने सैन्य अभ्यास हिजो बुधबार सम्पन्न भएको घोषणा चीनले गरेको हो । सैन्य अभ्यास समाप्तीसँगै चीनले ताइवानसँग शान्तिपूर्ण एकतामा जोड दिएको छ ।

बुधबार बेइजिङको स्टेट काउन्सिल अन्तर्गतको ताइवान मामिला कार्यालय र सूचना कार्यालयले संयुक्त श्वेतपत्र जारी गर्दै चीनको पुनःएकीकरण प्रक्रिया कसैगरी नरोकिने जनाएको हो । पाँच खण्ड भएको श्वेतपत्रमा बेइजिङले ताइवान एकीकरण गरिछाड्ने दृढसंकल्प व्यक्त गरेको छ । तर, ताइवानप्रति धेरै हदसम्म मेलमिलापकारी भाषा श्वेतपत्रमा प्रयोग गरिएको छ ।

जसमा ताइवानसँग सम्बन्ध सुधार्न चीन इच्छुक रहेको उल्लेख छ । श्वेतपत्रमा एकीकरण भइसकेपछि पनि ताइवानमा अन्य मुलुकले आर्थिक र सांस्कृतिक सम्बन्ध विकास गर्न सक्ने उल्लेख छ । ती मुलुकले केन्द्र सरकारको अनुमतिमा ताइवानमा वाणिज्यदूतावासलगायत एजेन्सी राख्न सक्ने, अन्तर्राष्ट्रिय संस्थाहरूले आफ्नो कार्यालय खोल्न सक्ने जनाइएको छ ।

एकीकरणपछि पनि ताइवानले आफ्नो स्थान पाउने, ताइवानी जनताको अधिकार, हितको रक्षा र राष्ट्रिय उपलब्धिको फल दुवैतर्फका जनताले उत्तिकै मात्रामा प्राप्त गर्ने श्वेतपत्रमा उल्लेख छ ।बेइजिङले १९९३ मा ताइवानबारे पहिलो श्वेतपत्र जारी गरेको थियो । त्यसअघि सन् १९९२ मा दुई पक्षबीच एक मुलुक, दुई व्यवस्थाका विषयमा सहमति भएको थियो ।

श्वेतपत्रले अमेरिकाको केही शक्तिले ताइवानलाई चीनविरूद्ध गोटीका रूपमा प्रयोग गर्न खोजेको आरोप लगाएको छ । श्वेतपत्रले ताइवान सरकारलाई एक मुलुक, दुई व्यवस्थाकै मोडलअनुसार एकतामा आउन आह्वान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू