अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३० | Colorodo: 17:45

फ्रान्सको जंगलमा भीषण आगलागी, १० हजार मानिस विस्थापित

बिआरटीनेपाल २०७९ साउन २६ गते ७:३८ मा प्रकाशित

फ्रान्सको जंगलमा भीषण आगलागी भएको छ ।आगलागीका कारण १० हजार मानिस विस्थापित भएका छन् । आगो नियन्त्रणका लागि हजार बढी अग्निनियन्त्रक र हेलिकप्टर परिचालन गरेपनि आगो नियन्त्रणमा आउन सकेको छ्रैन ।

फ्रान्सको दक्षिण पश्चिमी क्षेत्रमा रहेको जंगलमा लागेको आगो बोर्डो शहरसम्म फैलिंदा दर्जनौ घर जलेर नष्ट भएका छन् । फ्रान्समा पछिल्लो समय तीव्र गतिमा चलेको हावा र उच्च तापक्रमका कारण आगलागी भएको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।

अष्ट्रिया, जर्मनी, ग्रीस, पोल्याण्डलगायत राष्ट्रले आगो नियन्त्रणमा सहयोग गरेका छन् । यो बर्ष गर्मी महिना सुरु भएयता युरोपेली मुलुकमा भएका आगलागीका कारण १ हजार भन्दा बढीको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू