अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३७ | Colorodo: 12:52

सरकारलाई २ खर्ब ३७ अर्बको अन्तर्राष्ट्रिय आर्थिक सहायता प्रतिबद्धता प्राप्त

बिआरटीनेपाल २०७९ साउन १७ गते ७:४८ मा प्रकाशित

सरकारले एक वर्षमा २ खर्ब ३७ अर्ब रुपैयाँभन्दा बढीको अन्तर्राष्ट्रिय आर्थिक सहायता प्रतिबद्धता प्राप्त गरेको छ । अर्थ मन्त्रालयका अनुसार सरकारले गत आर्थिक वर्ष २०७८/७९ मा उक्त अन्तर्राष्ट्रिय आर्थिक सहायता प्रतिबद्धता प्राप्त गरेको हो । २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा सरकारले कुल २ खर्ब ३७ अर्ब ९१ करोड ७३ लाख रुपैयाँ अन्तर्राष्ट्रिय आर्थिक सहायता प्राप्त गरेको अर्थले जनाएको छ ।

प्राप्त अन्तर्राष्ट्रिय आर्थिक सहयाता प्रतिबद्धतामा ९३ अर्ब ३० करोड ७५ लाख अनुदान सहयोग र १ खर्ब ४४ अर्ब ६० करोड ९८ लाख रुपैयाँ ऋण सहायता रहेको छ । अन्तर्राष्ट्रिय आर्थिक सहयाता प्रतिबद्धतामध्ये १ खर्ब ११ अर्ब ८४ करोड ४९ लाख रुपैयाँ पछिल्लो तीन महिना (२०७९ वैशाखदेखि असारसम्म) मा मात्र प्राप्त भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू