अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२२ | Colorodo: 08:37

गायिका तारा थापा र गायक विवेक रकको स्वरमा तीज गीत ‘नाचौँ सँगी’ भिडियो सार्वजनिक

बिआरटीनेपाल २०७९ साउन १३ गते १५:२६ मा प्रकाशित

काठमाडौँ । गायिका तारा थापा र गायक विवेक रकको स्वरमा तीज गीत ‘नाचौँ सँगी’ भिडियो सार्वजनिक गरिएको छ। किरण के उप्रेतीको शब्द रचना तथा चाँद सिंहको सङ्गीत रहेको गीता मेलोडी नेपालको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो। गम्भीर बिस्टको निर्देशनमा बनेको भिडियोमा सुबोल थापाले कोरियोग्राफी गरेका छन्।

पवन सुस्लिङ्गले छायाङ्कन गरेको भिडियोमा गम्भीर बिस्ट,समारिका ढकाल र स्मारिका ढकाल फिचर्ड छन्। नवीन निरौलाले सम्पादन गरेको भिडियो उत्कृष्ट बनेको छ। यसपालिको तीजमा हिन्दु नारीहरूले यो गीतमा राम्रै मनोरञ्जन गर्ने निर्माण पक्षको आशा रहेको छ।

प्रतिक्रिया