अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०२ | Colorodo: 14:17

माेटरसाइकललाई ५ र कारलाई २० लिटर इन्धन दिन र जोरबिजोर प्रणाली लागू गर्न आयल निगमकाे प्रस्ताव

बिआरटीनेपाल २०७९ असार २० गते ८:२७ मा प्रकाशित

नेपाल आयल निगम तेल इन्धन बिक्री गर्दा दिनप्रतिदिन घाटामा गइरहेकाले माेटरसाइकल एकपटकमा ५ लिटर  र कारलाई  २० लिटर पेट्राेल दिने व्यवस्था गर्न सरकारलाई प्रस्ताव गरेकाे छ ।अब निगमले आफ्नो घाटा थेग्न नसक्ने भन्दै सरकारलाई विभिन्न १० बुँदे सुझाव दिँदै यस्ताे प्रस्ताव गरेकाे हाे ।

१० बुँदे सुझावमा बाइकलाई सीमित इन्धन दिनेदेखि गाडीमा जोर विजोर प्रणाली लागू गर्नेसम्मको कुरा उल्लेख भएको छ । नेपाल आयल निगमका प्रवक्ता विनतिमणि उपाध्यायले आज(साेमवार) नेपाल आयल निगमले उद्योग मन्त्रालयलाई १० बुँदे सुझाव सहितको पत्र पठाएको बताउनुभयाे । चालू आर्थिक वर्षको अन्त्यसम्म निगम ५५ अर्ब रुपैयाँ नोक्सानीमा उद्योग मन्त्रालयलाई निगमले पत्राचार गरेको हो ।

यस्ताे छ १० बुँदे सुझाव :

१. सार्वजनिक तथा अत्यावश्यक सेवाका सवारी साधनहरू बाहेक सरकारी तथा निजी सवारी साधन जोर बिजोर प्रणालीमा सञ्चालन गर्ने ।

२. देशका प्रमुख सहरहरूमा प्रत्येक शनिवार गाडी रहित सार्वजनिक बिदाको घोषणा गर्ने ।

३. खाना पकाउने एल.पी. ग्यासको खपत कम गर्न विद्युतीय चुलो सहुलियत दरमा बिक्री गर्ने घरायसी प्रयोजनको लागि विद्युतीय शुल्क कम गर्ने ।

४. विद्युतीय सवारी साधनको प्रयोगमा वृद्धि गर्न प्रमुख सहरहरू र राष्ट्रिय राजमार्गहरूमा निः शुल्क चार्जिङ्ग स्टेशन निर्माण गर्ने तथा सार्वजनिक/निजी पार्किङ्ग स्थलमा विद्युतीय सवारीका लागि अलग्गै निः शुल्क पार्किङ्ग स्थल तोकिदिने ।

५. पेट्रोल पम्पहरूले मोटर साइकललाई एक–पटकमा ५ (पाँच) लिटर र कार तथा जीप लगायतका साना सवारी साधनलाई २० (बीस) लिटर मात्र इन्धन बिक्री गर्ने ।

६. छोटो दुरीमा सवारी साधनको सकभर प्रयोग नगरी पैदल यात्रा गर्न आव्हान गर्ने ।

७. ढुवानी कार्यमा प्रयोग हुने मालवाहक सवारी साधनहरू पूर्ण क्षमतामा चलाउने ।

८. मोटरसाइकल, कार, सरकारी सवारी साधन आदिमा सिट अनुरूप नै यात्रु रहने गरी सञ्चालन
गर्ने व्यवस्था मिलाउने ।

९. पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन लगायतका अन्य उपकरणहरूको आयात बन्द गर्ने ।

१०. ठूला उद्योग, परियोजना, होटेल आदिले डिजेल तथा एल.पी.ग्यासको खपत नगरी विद्युतको खपत गर्न आह्वान गर्ने।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू