अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३६ | Colorodo: 07:51

प्रधानसेनापति शर्मा औपचारिक भ्रमणका लागि लेबनान प्रस्थान, असार १३ गते अमेरिका जाने

बिआरटीनेपाल २०७९ असार ४ गते ८:४० मा प्रकाशित

प्रधानसेनापति प्रभुराम शर्मा औपचारिक भ्रमणका लागि आज शनिवार लेबनान प्रस्थान गर्नुभएकाे छ । द्वन्द्पग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला बढाउन तथा विभिन्न यूएन मिसनकाे विविध पक्ष र भावी योजनाका बारेमा जानकारी लिने उद्देश्यका साथ शर्मा रक्षा सचिवसहित सात सदस्यीय भ्रमण दलको नेतृत्व गरी लेबनान प्रस्थान गर्नुभएकाे हाे । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी बालकृष्ण कार्कीले बिदाइ गर्नुभएको थियो ।

प्रधानसेनापति महारथी शर्मा लगायतको भ्रमण दलले असार १० गतेसम्म संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिकहरू तैनाथ लेबनानकाे युनिफिल मिसन र त्यसपछि सिरियाकाे यूएनडीओफ मिसनकाे निरीक्षण भ्रमण गरी जानकारी लिनेछ ।

भ्रमणका क्रममा प्रधानसेनापति शर्माले लेबनान, सिरिया, युनिफिल मिसन र यूएनडीओफका उच्च पदस्थ अधिकारीहरूसँग भेटघाट गर्नु हुनेछ । उहाँलाई आज नेपालका मानार्थ महावाणिज्यदूत तथा लेबनानका सरकारी अधिकारीहरूले स्वागत गर्नु हुनेछ । त्यसपछि लेबनानी सेनाको एक टुकडीले उहाँको सम्मानमा सम्मानगारत अर्पण गर्ने कार्यक्रम रहेको छ ।  त्यस भ्रमणपछि प्रधानसेनापति शर्माले असार १३ संयुक्त राज्य अमेरिकाकाकाे औपचारिक भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू