अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१२ | Colorodo: 22:27

वामदेव गौतमको अनुरोध – मलाई छिटोभन्दा छिटो एमालेमा ल्याउन ओलीलाई दवाब दिनुहोस्

बिआरटीनेपाल २०८१ वैशाख २४ गते ७:०८ मा प्रकाशित

नेकपा राष्ट्रिय एकता अभियानमा संयोजक वामदेव गौतमले आफू एमालेमा आउन आतुर रहेको बताउनुभएको छ । गौतमले आफूलाई छिटोभन्दा छिटो एमालेमा प्रवेश गराउनका लागि अध्यक्ष केपी ओलीलाई दवाब दिन पनि एमालेका नेता, कार्यकर्तालाई आग्रह गर्नुभयो । सोमबार राजनीतिज्ञ सिद्धीनाथ ज्ञवाली स्मृति ग्रन्थ विमोचनका लागि अध्यक्ष ओलीसँगै एमाले मुख्यालय च्यासलमा पुग्नुभएका गौतमले आफूलाई नमर्दासम्म काम गर्ने अवसर दिन आग्रह गर्नुभयो ।

गौतमले आफू अध्यक्ष ओलीको आलोचना गर्न, खुट्टा तान्न नभई सो पार्टीलाई २०८४ सालको निर्वाचनमा ६० लाख मत हासिल गर्ने योजनासहित एमालेमा आउन चाहेको कुरा अध्यक्ष ओलीलाई भनिसकेको पनि स्मरण गर्नुभयो । त्यसका लागि आफूलाई एमालेले सो अभियानको कमाण्डर बनाउनुपर्ने उहाँको प्रश्ताव थियो । एमालेका तत्कालीन उपाध्यक्ष समेत रहनुभएका गौतमले आफू एउटा शक्ति भएको उल्लेख गर्दै त्यसलाई एमालेले प्रयोग गर्दा हुने बताउनुभयो ।

गौतमले आफूले एमालेमा आएर काम गर्न चाहेको पनि पटकपटक दोहोर्याउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू