अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४५ | Colorodo: 02:00

अशाेक राई नेतृत्वकाे नयाँ दल निर्वाचन आयाेगमा दर्ता

बिआरटीनेपाल २०८१ वैशाख २४ गते ७:०६ मा प्रकाशित

निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट विभाजन भएर बनेको नयाँ दल जनता समाजवादी पार्टीलाई दलको मान्यता दिएको छ ।जसपा नेपालबाट विभाजित भएर जसपा नामको दल दर्ताका लागि हिजो बहुमत सांसद र बहुमत केन्द्रीय सदस्यले निर्वाचन आयोगमा निवेदन दिएका थिए । दल दर्तासम्बन्धी अध्यादेश खारेज भएको भए पनि अध्यादेशबाट बनेको राजनीतिक दल दर्तासम्बन्धी नियमावलीमा टेकेर दल दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।

वरिष्ठ नेता अशोक राईले सात जना सांसद र ३० जना केन्द्रीय सदस्यकाे हस्ताक्षरसहित आयोगमा दल दर्ताको निवेदन दिनुभएको थियो । अध्यक्ष उपेन्द्र यादवले पार्टीभित्र एकलौटी गरिरहेको र अहिले भित्रभित्रै कांग्रेससँग गठबन्धनको तयारी गरिरहेको भन्दै असन्तुष्ट पक्षले बहुमतसहित नयाँ दल दर्ताको निवेदन दिएका हुन् ।

आज निर्वाचन आयोगले दल दर्ता गरिदिएसँगै जसपा नेपाल औपचारिक रूपमा फुटेको छ । अब सात जना सांसदसहित जसपा नामको नयाँ दल बनेको छ । जसपा नेपालले आज विज्ञप्ति निकालेर अध्यादेश निष्क्रिय रहेको अवस्थामा दल विभाजन हुन नसक्ने दाबी गरेको भए पनि निर्वाचन आयोगले दल विभाजन भएर नयाँ दल बनेको मान्यता दिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू