अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५१ | Colorodo: 23:06

शेयर बजार आज पनि दोहोरो अङ्कले बढ्यो

बिआरटीनेपाल २०७९ जेठ ११ गते ७:४७ मा प्रकाशित

शेयर बजार परिसूचक नेप्से आज बुधवार पनि दोहोरो अङ्कले बढेको छ । हिजो मङ्गलवार १६ अङ्कले बढेको नेप्से आज १४ दशमलव ३७ अङ्कले बढेर २ हजार २ सय ३१ दशमलव ५७ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर बढेको छ । २ सय २६ कम्पनीको २६ लाख ९४ हजार कित्ता शेयर १ अर्ब चार करोड रुपैयाँमा कारोबार भएको छ ।

सबैभन्दा धेरै माथिल्लो तामाकोसीको ८ करोड ३४ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो । आज बलेफी हाइड्रोपावर, मैलुङ खोला जलविद्युत् कम्पनी, सिङ्गटी हाइड्रो इनर्जी र गुराँस लघुवित्तको शेयर पाँच प्रतिशतभन्दा धेरैले बढेको छ । समग्र बजार बढे पनि कर्पाेरेट विकास बैंक शेयर सबैभन्दा धेरै सात प्रतिशतभन्दा धेरैले घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू