अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३१ | Colorodo: 19:46

पोखरामा पुनः मतगणना गर्न कांग्रेसको माग

बिआरटीनेपाल २०७९ जेठ १० गते ८:२० मा प्रकाशित

पोखरा महानगरपालिकामा वडा नम्बर १८ मा एमालेले ९ मत हराएको भन्दै पुनः गणनाको माग गरेपछि कांग्रेसले काउण्टर निवेदन दिएको छ । कांग्रेसले १ र १७ नम्बर वडामा पुनः गणनाको माग गरेको हो । वडा नम्बर १ की कांग्रेस उम्मेदवार सीता गुरुङले आफुसहित सदस्य उम्मेदवारलाई दवाबमा पारेर आफ्नो प्रतिकुल हुनेगरी नतिजा सार्वजनिक गरिएको आरोप लगाउँदै पुनः गणनाको माग गर्नुभएको हो । यहाँ एमालेका सहारा प्रधानले ४१ मत अन्तरले जित्नुभएको थियो ।

प्रधानले १ हजार १ सय ४५ र गुरुङले १ हजार १ सय ४ मत प्राप्त गर्नुभएको हो । यस्तै, वडा नम्बर १७ का कांग्रेस उम्मेदवार देवराज आचार्यले पनि पुनः गणनाको माग गर्नुभएको छ । उही ढाँचामा उहाँले निवेदन बुझाउनुभएको हो । उनीहरु दुबैले पहिले भन्दा फरक गणक राख्न र निष्पक्ष रुपमा गणना गर्नुपर्ने माग राखेका छन् ।

१७ नम्बर वडामा ८३ मत अन्तरले एमालेकी राधिका शाहीले चुनाव जित्नुभएको हो । शाहीले २ हजार ६२५ र आचार्यले २ हजार ५४२ मत पाउनुभएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू