अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०४ | Colorodo: 10:19

लुम्बिनी प्रदेशसभामा एमालेको अवरोध खुल्यो

बिआरटीनेपाल २०७९ जेठ १० गते ८:१६ मा प्रकाशित

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले गत साउन १ गतेदेखि लुम्बिनी प्रदेश सभामा गर्दै आएको अवरोध विनाशर्त खोलेको छ ।पाँच दलको गठबन्धनमा एमालेले कारबाही सिफारिस गरेका दुई सांसद विमला वली र अजय शाहीसमेत सहभागी भएपछि उनीहरुलाई हटाउन माग गर्दै एमालेले सदन बहिस्कार गर्दै आएको थियो । तर मंगलबार दिउँसो बसेको प्रदेशसभाको दशौं अधिवेशनको दोस्रो बैठक एमालेले अवरोध गरेन । प्रायः बैठकमा कम आउने एमाले ससदीय दलका नेता शंकर पोखरेलसमेत मंगलबारको बैठकमा सहभागी हुँदै सम्बोधन गर्नुभयो ।

विशेष समय लिएर बोल्दै लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका पोखरेलले जनादेशको सम्मान गर्दै एमालेले एक कदम पछि हटेर संसदको गतिरोध अन्त्य गरेको बताउनुभयो । लामो समयसम्म संसद अवरुद्ध हुँदा जनतामा नराम्रो सन्देश जाने भएकोले एमालेले जनादेशको सम्मान गर्दै संसदको गतिरोध अन्त्य गरेको बताउनुभयो ।

प्रदेशको स्थायी राजधानीको पुर्वाग्रह निर्माणको कामले गति लिन नसकेको भन्दै पुर्व मुख्यमन्त्री पोखरेलले गुरूयोजना अनुसार राजधानीको पुर्वाधार निर्माण गर्न आग्रह गर्नुभयो । मंगलबारको बैठकमा प्रदेशका आन्तरिक मामिला तथा संचार मन्त्री तिलकराम शर्माले सञ्चारमाध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस गर्नुभएको छ । प्रदेश सभाको अर्को बैठक बुधबार बस्नेगरि स्थगित भएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू