अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:११ | Colorodo: 04:26

चलचित्र ‘सत्यम’को शीर्ष गीत सार्वजनिक

बिआरटीनेपाल २०७९ वैशाख २८ गते ८:२७ मा प्रकाशित

काठमाडौँ – घोषणा भएर समयमै छायाङ्कनमा जान नसकेको चलचित्र सत्यम निर्माण टिमले आफ्नो चलचित्रको शीर्ष गीतको लिरिकल भिडियो सार्वजनिक गरेको छ ।

राम्रो इन्टरटेनमेन्टको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गीतमा राजु महर्जनको स्वर, रेसम सापकोटाको लिरिक्स, कुटुम्ब ब्यान्डको म्युजिक, योगेश काजीको म्युजिक कन्सेप्ट छ । गीतको लिरिकल भिडियोलाई राकेश दाहालले सम्पादन गरेका हुन् । भिडियोमा महानायक राजेश हमाललाई मात्रै फिचर्ड गराइएको छ भने अरू कुनै पनि कलाकारलाई देखाइएको छैन ।

चलचित्रका मुख्य अभिनेतामध्येका पल शाह एक घटनामा मुछिएपछि यो टिम छायाङ्कनमा जान सकेको छैन । निर्माता रेसम सापकोटाले पल शाहको घटनाको छानबिन निष्कर्षमा नपुगेसम्म यो प्रोजेक्टको छायाङ्कन प्रारम्भ गर्न कठिन रहेको प्रतिक्रिया दिए । उनले बजारमा चलेको हल्ला अनुसार चलचित्र निर्माणबाट आफू पछि नहटेको समेत स्पष्ट पारे ।

हामीले चलचित्र घोषणा गरिसकेपछि दर्शकलाई यसबारे कुनै पनि कन्टेन्ट दिन सकेनौ भन्ने महसुस भयो, सोही कारण यसको शीर्ष गीतको लिरिकल भिडियो सार्वजनिक गरेका हौँ, निर्माता सापकोटाले भने, – चलचित्रका लागि दर्शकको पर्खाइ अरू थप बढ्ने पक्का भएपछि यो गीत सार्वजनिक गरेका हौँ ।’

निर्माता सापकोटाले यस गीतमा कसैको नाम नराखेको र छिट्टै पत्रकार सम्मेलनमार्फत सम्पूर्ण जानकारी गराउने समेत बताए । उनले भने, – ‘फ्री–प्रोडक्सनको काम लगभग सकिएको छ । यसमा केही सदस्य हेरफेर हुन पनि सक्छ । हामीले भिडियोमा टिमका म बाहेक अरू सदस्यको नाम नराख्नुमा आफ्नै कारण छ ।’
फ्री–प्रोडक्सनको सम्पूर्ण काम सकेको यो चलचित्रमा महानायक राजेश हमाल, पल शाह, अनुप विक्रम शाही, उपासना सिंह ठकुरी लगायतका कलाकारको अभिनय रहने यसअघिनै जानकारी सार्वजनिक भइसकेको छ ।

प्रतिक्रिया