अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५१ | Colorodo: 20:06

शेयर बजार झन्डै ३२ अङ्कले घट्यो, नेप्से २३ सयको विन्दुबाट तल झर्‍याे

बिआरटीनेपाल २०७९ वैशाख २१ गते ७:१९ मा प्रकाशित

शेयर बजार आज बुधवार झन्डै ३२ अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३१ दशमलव ७६ अङ्कले घटेर दुई हजार दुई सय ७५ दशमलव ६८ विन्दुमा झरेको हो ।  आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, जलविद्युत्, बीमा, माइक्रोफाइनान्स, व्यापार र हाेटल समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

दाेहाेराे अङ्कले बजार घटेकाे दिन दुई सय ३३ वटा कम्पनीका ३६ लाख दुई हजार कित्ता शेयर एक अर्ब २६ करोड ९२ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोको चार करोड ५८ लाख रुपैयाँको शेयर किनबेच भयो । आज ग्रीन भेन्चर्स लिमिटेडको शेयर सबैभन्दा धेरै साढे नौ प्रतिशतले घटेको छ  । समग्रमा बजार घटे पनि जालपा लघुवित्तको शेयर भने १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू