अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२२ | Colorodo: 04:37

जापानमा छायाङ्कन गरिएको नेपाली गीतको भिडियो ‘है माया’

बिआरटीनेपाल २०७९ वैशाख ३ गते १४:५८ मा प्रकाशित

काठमाडौँ । नयाँ वर्षको अवसर पारेर गायक मन राज प्ल्हेमे गुरुङले ‘है माया’ बोलको म्युजिक भिडियो बजारमा ल्याएका छन् । गायक मन राजकै शब्द तथा सङ्गीतमा तयार पारिएको गीतको निर्देशन पनि गायक स्वयमले नै गरेका हुन् ।

जापानको टोकियोका रमणीय स्थानहरूमा छायाङ्कन गरिएको भिडियोमा चर्चित टिकटक स्टार रबिन श्रेष्ठ र रमिला श्रेष्ठको मुख्य भूमिका रहेको भिडियोमा अध्ययनका लागि जापान पुगेका एक जोडी दीक्षान्त समारोह पश्चात् लामो समयपछि भेट्ने क्रममा एकोहोरो मायामा रुमलिएको प्रेम कथालाई देखाउन खोजिएको छ ।

रबिन र रमिलाका अलावा योकृस सुवेदी, राम खत्री लक्की, अमृता श्रेष्ठ, दिव्या तामागं, सुरज मोक्तान र पारु लामाको पनि अभिनय रहेको भिडियोको छायाङ्कन जापानको टोकियोका रमणीय स्थानहरूमा गरिएको हो ।

जन्मथलो छाडेर जापानलाई कर्मथलो बनाइ रहेको केही नेपाली संगीतप्रेमी युवाहरूले सञ्चालनमा ल्याएको च्यानल हो आइपिएन एचडीबाट रिलिज गरिएको छ । जापानमा रहेर पनि नेपाली गीत सङ्गीतको क्षेत्रमा सक्रियता देखाउँदै आएको उक्त समूहले फेरी अर्को नयाँ गीत हे मैया बजारमा ल्याएसँगै राम्रो प्रतिक्रिया आइरहेको निर्माण युनिटले जनाएको छ । यस अघि सोही समूहले चोखो मायामा, उसको याद, चौतारीका बर पिपल जस्ता गाीतहरु दर्शकमाझ ल्याएको थियो । जुन खुबै रुचाइएका थिए ।

प्रतिक्रिया