अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३८ | Colorodo: 11:53

सरकारले औषधि व्यवस्था विभागलाई सिटामोलको वजन बढाउन दियो अनुमति

बिआरटीनेपाल २०७८ चैत १२ गते ७:४७ मा प्रकाशित

सरकारले सिटमोलको वजन बढाउन औषधी व्यवस्था विभागलाई अनुमति दिएको छ । अस्ती बसेको औषधि सल्लाहकार समितिको बैठकले सिटामोललाई ६५० एमजीमा उत्पादनका लागि औषधि व्यवस्था विभागलाई अनुमति दिएको हो । विज्ञ सल्लाहकारको सुझाब अनुसार ६० बर्षभन्दा माथिका नागरिकलाई ५०० एमजीले प्रभावकारी काम नगरेको सुझाव आएपछि ६५० एमजीको पारासिटामोल दर्ता गर्ने निर्णय भएको विभागका प्रवक्ता सन्तोष केसीले बताउनुभयो ।

औषधि उत्पादकहरूले हाल प्रतिट्याब्लेट १ रुपैयाँ पर्ने सिटामोलको मूल्य बढाउन सरकारलाई दबाब दिँदै आएका थिए । सिटामोलको वजन बढेसँगै एक ट्याब्लेट सिटामोलको मूल्य २ रूपैयाँभन्दा बढी निर्धारण गर्ने तय भएको छ ।

तर, उपभोक्ता अधिकारकर्मीले सरकारको यो कदमको भने विरोध जनाएका छन् । परीक्षण नै नगरी औषधि उत्पादकको दबाबमा बढी तौलको सिटामोल उत्पादन गर्न स्वीकृति दिँदा नागरिकको स्वास्थ्य असर पार्ने उनीहरुको भनाइ छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू