अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५५ | Colorodo: 14:10

कञ्चनजंघा संरक्षण क्षेत्रमा डढेलो

बिआरटीनेपाल २०७८ फागुन २६ गते ७:३४ मा प्रकाशित

कञ्चनजंघा संरक्षण क्षेत्रमा पर्ने फक्ताङलुङ गाउँपालिका ६ स्थित अम्जिलेसामा वन डढेलो लागेको छ । बिहीबार बिहान स्थानीय छुङ्दा शेर्पाको घरबाट सुरु भएको आगलागी फैलिएर वनमा डढेलो लागेको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषदका अध्यक्ष खगेन्द्र फेम्बुले बताउनुभयो ।

आगो नियन्त्रण गर्न सुरक्षाकर्मीलाई समेत पठाउने तयारी भएको उहाँले बताउनुभयो । अम्जिलेसामा ४ घर रहेका छन् । आसपासका लोसे, ग्याब्ला, जोङ्गेन लगायतका बस्तिलाई सचेत गराएको फेम्बुले बताउनुभयो । आगलागी क्षेत्रमा पुग्न लेलेपबाट झण्डै ७ घण्टा पैदल हिड्नुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू