अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२६ | Colorodo: 14:41

नेपालमा थप १ सय १२ जनामा कोरोना पुष्टि, ४ सय २० संक्रमणमुक्त

बिआरटीनेपाल २०७८ फागुन २६ गते ७:३३ मा प्रकाशित

नेपालमा थप १ सय १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ६ हजार ८०१ पीसीआर परीक्षणमा ७७ र दुई हजार ५२७ एन्टिजेन परीक्षणमा ३५ जना गरी १ सय १२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण बिहीबार पनि कसैको मृत्यु भएको छैन । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४ सय २९ रहेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार ३ सय ४० रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू