अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२२ | Colorodo: 11:37

कांग्रेस पनि चुनावी तालमेलकै पक्षमा – प्रचण्ड

बिआरटीनेपाल २०७८ फागुन २५ गते ६:५७ मा प्रकाशित

सत्तारूढ नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस पनि निर्वाचनमा तालमेलकै पक्षमा रहेको बताउनुभएको छ । बुधबार गोदावरीमा आयोजित बागमती प्रदेशको परिषद् बैठक तथा राजनीतिकरवैचारिक प्रशिक्षणमा बोल्दै प्रचण्डले स्थानीय तहमा विजयी हुने गरी निर्वाचनको तयारी गर्नसमेत निर्देशन दिनुभयो ।

कार्यक्रममा प्रचण्डले स्थानीय तहको निर्वाचनमा एक्लै लड्ने तयारी गर्ने र सत्तारूढ गठबन्धनभित्र तालमेलको प्रयास पनि गर्ने बताएको केन्द्रीय सदस्य माधव सापकोटाले जानकारी दिनुभयो । ‘हामीले निर्वाचनका लागि सबैखाले तयारी गर्नुपर्छ। हामी एक्लै लड्ने गरी पनि अघि बढ्नुपर्छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै सापकोटाले भन्नुभएको छ ,‘कांग्रेस भित्र पनि कतिपय नेताहरू गठबन्धनको पक्षमा थिएनन्। तर अहिले गठबन्धनको लागि तयार छन्। त्यसैले गठबन्धनको पनि माहोल बनेको छ।’

कांग्रेसलाई आफूहरूले नै सत्तामा पुर्‍याएको भन्दै प्रचण्डले यसले गर्दासमेत चुनावी तालमेलको पक्षमा रहेको बताउनुभएको थियो । अमेरिकी सहयोग परियोजना एमसिसीलाई संशोधन गरेर मात्रै पारित गर्ने पक्षमा आफूहरू रहेको भए पनि गठबन्धन जोगाउनका लागि व्याख्यात्मक घोषणा गरेको प्रचण्डको भनाइ थियो।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू