अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२७ | Colorodo: 15:42

माओवादी केन्द्रका अध्यक्ष दाहाल प्रचण्ड र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

बिआरटीनेपाल २०७८ फागुन २५ गते ६:५१ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ।अध्यक्ष दाहाल र राजदूत यान्छीबीच आज (बुधबार) खुमलटारमा भेटवार्ता भएको हो ।

भेटमा राजदूत यान्छीले चिनियाँ विदेशमन्त्री वाङ यीको सम्भावित नेपाल भ्रमणका विषयमा जानकारी दिएको बताइएको छ।त्यस्तै, राजदूत यान्छीले एमसीसीको विषयमा पनि अध्यक्ष दाहालसँग छलफल गरेको स्रोतले बताएको छ ।

पछिल्लो समय राजनीतिक भेटघाटलाई तीव्र बनाउनुभएकी राजदूत यान्छीले प्रचण्डसँग आसन्न स्थानीय तहको निर्वाचन, नेपाल -चीन सम्बन्धलगायतका विषयमा पनि छलफल गर्नुभएकाे थियाे। झन्डै दुई घन्टा लामो छलफल उहाँहरुबीच चिनिया विदेश मन्त्रीकाे निकट भविष्यमा हुने नेपाल भ्रमणका विषयमा पनि छलफल भएकाे बताइएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू