अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०८ | Colorodo: 13:23

सञ्चारमन्त्री कार्की र अमेरिकी राजदूत बेरीबीच शिष्टाचार भेट

बिआरटीनेपाल २०७८ फागुन २५ गते ६:४९ मा प्रकाशित

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत र्यान्डी बेरीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।मन्त्रालयमा आज (बुधवार) भएको भेटमा उहाँहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको मन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा मन्त्री कार्कीले अमेरिकाले नेपालको आर्थिक विकास तथा पूर्वाधार निर्माणमा विगतदेखि गर्दै आएको सहयोगका लागि आभार व्यक्त गर्दै आगामी दिनमा थप सहयोग निरन्तरताको अपेक्षा गर्नुभएको थियो । भेटमा राजदूत बेरीले नेपाल र अमेरिकाबीच मैत्रीसम्बन्ध कायम भएदेखि नै दुई देशबीच सुमधुर सम्बन्ध रहदै आएको उल्लेख गर्दै अमेरिकाले नेपाललाई प्राथमिकताका साथ विविध क्षेत्रमा सहयोग गर्दै आएको बताउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू