अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४२ | Colorodo: 12:57

अमेरिकाका लागि नेपालको आवासीय राजदूत प्राध्यापक खत्रीद्वारा राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ

बिआरटीनेपाल २०७८ फागुन २५ गते ६:४१ मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूतमा नियुक्त हुनुभएका प्राध्यापक श्रीधर खत्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

राष्ट्रपतिको कार्यालयमा आज (बुधवार) अपराह्न भएको विशेष समारोहमा उहाँले राष्ट्राध्यक्षसमक्ष शपथ लिनुभएको हो । त्यस अवसरमा पराराष्ट्र मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू