अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१५ | Colorodo: 15:30

पूर्ण उत्साहका साथ स्थानीय तह निर्वाचनमा केन्द्रित हुन अध्यक्ष नेपालको आह्वान

बिआरटीनेपाल २०७८ फागुन २५ गते ६:४० मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सिङ्गो पार्टी पङ्क्तिलाई पूर्ण उत्साहका साथ स्थानीय तहको निर्वाचनमा केन्द्रित हुन आह्वान गर्नुभएको छ । पार्टी केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष नेपालले पार्टीको सबै तह र तप्काका नेता तथा कार्यकर्तालाई स्थानीय निर्वाचनमा केन्द्रित हुन आह्वान गर्नुभएको हो ।

बैठकमा राजनीतिक प्रतिवेदनका अतिरिक्त सम्पर्क मञ्च सञ्चालन निर्देशिका र मोर्चा सङ्गठन सञ्चालन निर्देशिका पनि छलफलका लागि प्रस्तुत गरिएको थियो ।बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदन र मञ्च सञ्चालन निर्देशिका र मोर्चा सङ्गठन सञ्चालन निर्देशिकामाथि छलफल गरी सुझाव प्रस्तुत गर्न केन्द्रीय सदस्यहरूलाई नौ वटा समूहमा विभाजन गरिएको तथा समूह छलफल जारी रहेको पार्टीका महासचिव डा बेदुराम भुसालले बताउनुभयो ।

समूह छलफलका निष्कर्षहरू बिहीबारको बैठकमा प्रस्तुत गरिने जानकारी पनि उहाँले दिनुभयो । त्यस्तै, बैठकमा पार्टीका सम्मानित नेता झलनाथ खनालले पार्टी पङ्क्तिलाई एकताबद्ध भएर अघि बढ्न अपिल गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू