अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१० | Colorodo: 14:25

प्रधानमन्त्री देउवा र फ्रान्सेली प्रतिनिधि सभाका ‘फ्रान्स–नेपाल मैत्री समूह’का सदस्यहरुबीच शिष्टाचार भेट

बिआरटीनेपाल २०७८ फागुन २५ गते ६:३९ मा प्रकाशित

प्रधानमन्त्री शेरबहादुर देउवाले फ्रान्सेली प्रतिनिधि मण्डलका सदस्यहरूसँग भेटवार्ता गर्नुभएकाे छ ।प्रधानमन्त्री देउवाले बुधवार फ्रान्सेली प्रतिनिधि सभाको फ्रान्स–नेपाल मैत्री समूहका अध्यक्ष भेरोनिक रियोटनको नेतृत्वमा नेपाल भ्रमणमा रहेको टोलीसँग भेटवार्ता गर्नुभएकाे  हाे ।

भेटवार्ता प्रधानमन्त्री निवास बालुवाटारमा भएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार भेटमा नेपाल–फ्रान्स द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको छ । फ्रान्सेली प्रतिनिधि सभाको फ्रान्स–नेपाल मैत्री समूहका अध्यक्ष रियोटनको नेतृत्वमा एक टोली मंगलबार काठमाडौं आइपुगेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू