अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०८ | Colorodo: 02:23

राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणका लागि २५ खेलाडीलाई बोलाइयो

बिआरटीनेपाल २०७८ फागुन २५ गते ६:१८ मा प्रकाशित

नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणका लागि २५ खेलाडीलाई बोलाइएको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले बन्द प्रशिक्षणका लागि २५ खेलाडी डाकेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । थाइल्याण्ड र थाइ क्लब चोनबरी एफसीसँगको मैत्रीपूर्ण खेलका लागि बन्द प्रशिक्षणमा २५ जना खेलाडीलाई बोलाइएको हो । नेपालले थाइल्याण्डसँग मार्च २४ मा खेल्नेछ भने थाइल्याण्डको क्लब चोनबरी एफसीसँग पनि मैत्रीपूर्ण खेल खेल्नेछ । चेनबरीसँगको खेल मार्च २७ मा हुनेछ ।

दुबै खेल चोनबरीमा नै हुने एन्फाले जनाएको छ । एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेल अघि नेपालले थाइल्याण्डसँग खेल्न लागेको हो । छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन पनि रहेका छन् । नेपालको समूहको छनोट खेलहरू कुवेतमा आयोजना हुनेछ । एएफसीले छनोटमा सहभागी २४ टोलीलाई ६ समूहमा विभाजन गरेको हो । हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुने छन् । छनोट खेलहरू जुन ८ देखि १४ सम्म हुनेछ । नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुआत गर्नेछ । दोस्रो खेलमा नेपालले जुन ११ मा कुवेतको सामना गर्नेछ भने जुन १४ मा इन्डोनेसियाविरुद्ध खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू